काठमाडौं । फ्रान्सका पूर्व विंगर फ्रान्क रिबेरीले इटालियन क्लब सालेरनिटानासँगको सम्झौता नवीकरण गरेका छन् ।
सिरी ए क्लब सालेरनिटानाले थप एक वर्षका लागि रिबेरीले सम्झौता नवीकरण गरेका हुन्।
अब ३९ वर्षीय रिबेरी २०२३ को जुनसम्म सालेरनिटानामा रहने छन् ।
रिबेरीलाई सालेरनिटानाले गत सिजन फ्री एजेन्टमा अनुबन्ध गरेको थियो।
गत सिजन उनले सालेरनिटानाका लागि २३ खेल खेलेका थिए ।
फियोरेन्टिनामा दुई सिजन बिताएर रिबेरी सालेरनिटानामा अनुबन्धित भएका थिए ।
रिबेरीले २०१९ मा जर्मन क्लब बायर्न म्युनिख छाडेका थिए ।
सन् २००७ देखि २०१९ सम्म बायर्नमा रहेका रिबेरीले २७३ खेलमा ८६ गोल गरेका थिए । वायर्नबाट उनले ९ पटक बुन्डेस लिगाको उपाधि जितेका थिए ।
सन् २०१४ मा अन्तराष्ट्रिय फुटबलमा सन्यास लिएका रिबेरीले फ्रान्सबाट ८१ खेलमा १६ गोल गरेका छन् ।