काठमाडौं । इंग्ल्यान्डका मिडफिल्डर जेम्स मिल्नरले बेलायतको प्रतिष्ठित अर्डर अफ द ब्रिटिस एम्पायर (एमबीई) अवार्ड प्राप्त गरेका छन् ।
प्रिमियर लिग क्लब लिभरपुलका उपकप्तान मिल्नरले फुटबलसँगै परोपकारी कार्यको लागि एमबीई अवार्ड पाएका हुन् ।
जेम्स मिल्नर फाउन्डेसनले युकेका युवाहरुका लागि स्वस्थ मनोरन्जनका लागि अभियान चलाउदै आएका छन् । जसको कदरमा बेलायती महारानी एलिजाबेथले एमबीई अवार्डको लिस्टमा मिल्नरलाई राखेकी हुन् ।
मिल्नरले २००२ मा १६ वर्षको उमेरमा व्यवसायिक फुटबलमा डेब्यु गरेका थिए ।
लिड्स युनाईटेडबाट व्यवसायिक फुटबलमा पाइला चालेका उनी २०१५ मा लिभरपुल आएका थिए । उनले लिभरपुलका लागि ५ सय ८८ खेल खेलेका छन् ।
इंग्ल्यान्डका लागि उनले ६१ खेल खेलेका छन् ।