काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाले डिफेन्डर डिएगो कार्लोसलाई अनुबन्ध गरेको छ ।
एस्टनले स्पेनिस क्लब सेभियाबाट डिफेन्डर कार्लोस अनुबन्ध गरेको हो ।
सेन्टर ब्याक कार्लोसले एस्टनसँग ४ वर्षको सम्झौता गरेका छन् ।
भिल्लाले अनुबन्ध रकम भने खुलाएको छैन ।
उनी जुन १० बाट भिल्लामा हुने छन् ।
ब्राजिलियन डिफेन्डर कार्लोसले सेभियाका लागि १ सय ३६ खेल खेलेका छन् ।
उनी सेभियाले २०२० मा युरोपा लिग जित्दा महत्वपूर्ण खेलाडी थिए ।
ब्राजिलले २०२० को टोकियो ओलम्पिक जित्दा उनी टिममा थिए ।
एस्टनले फिलिपे कौटिन्हो अनुबन्ध गरेपछि दोस्रो खेलाडीको रुपमा कार्लोसलाई अनुबन्ध गरेको हो ।
यस अघि एस्टनले मिडफिल्डर बुबाकर कमारालाई अनुबन्ध गरेको छ ।