निजगढ । विभागीय टोली एपीएफ फुटबल क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) ले १२ औं संस्करणको जितपुर सिमरा गोल्डकपको उपाधि जितेको छ ।
सिमरा रंगशालामा शनिबार भएको फाइनलमा एपीएफलाई ५-० गोल अन्तरले हराउँदै एनआरटी च्याम्पियन बनेको हो ।
एनआरटीलाई जित दिलाउन मेसुके ओलोमोउ र स्टेफन समिरले दुई दुई गोल गरे । यस्तै दिपेश घलेले एक गोल थपे ।
राजुकाजी शाक्यको नेतृत्वमा रहेको एनआरटीले पहिलो पटक सिमरा गोल्डकपको उपाधि जितेको हो।
उपाधिसँगै एनआरटीले १० लाख प्राप्त गरेको छ। उपविजेता एपीएफले पाँच लाखमा चित्त बुझाएको छ।