काठमाडौं । अर्जेन्टीना फुटबल टिमका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले चिलीविरुद्धको विश्वकप छनोट खेल गुमाउने भएका छन् ।
कोभिड–१९ पोजेटिभ देखिएपछि स्कालोनीले बिहीबार हुने विश्वकप छनोटको खेल गुमाउने भएका हुन् ।
यता अर्जेन्टीनाका मुख्य खेलाडी लियोनल मेस्सीले पनि चिलीविरुद्धको खेल गुमाउने भएका छन् ।
मेस्सीपनि कोभिड संक्रमणबाट बाहिर निस्किने प्रयास गरिरहेका छन् ।
मेस्सीको स्थानमा पाउलो डेबालाले खेल्ने सम्भावना रहेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टीना र ब्राजिल यसै वर्ष कतारमा हुने विश्वकपको लागि छनोट भइसकेका छन् ।