काठमाडौं । घाना फुटबल संघले मुख्य प्रशिक्षक मिलोभान राजेभाकलाई वर्खास्त गरेको छ ।
अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएपछि घानाले प्रशिक्षक राजेभाकलाई बर्खास्त गरेको हो ।
क्यामेरुनमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ मा रहेको घानाले तीन मध्ये दुई खेलमा पराजय भोग्नुका साथै एक खेलमा बराबरीको नतिजा निकाल्दै समूहको पछारमा रहेको थियो ।
समूह चरणमा घानाले मोरक्कोसँग १–० तथा कोमोरोससँग ३–२ को पराजय भोगेको थियो ।
घानाले गाबोनसँग १–१ को बराबरीमा खेलेको थियो ।
संघले व्यवस्थापन समितिका सदस्यहरुलाई समेत बर्खास्त गरेको छ ।