काठमाडौं । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बुधबार अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिमको घोषणा गरेका छन् ।
प्रशिक्षक अब्दुल्लाहले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरेका हुन् । प्रशिक्षक अब्दुल्लाहले प्रशिक्षणमा रहेका ३४ खेलाडीलाई समेटेर दुई फरक टिम बनाएका हुन् ।
खेलाडीलाई अन्तराष्ट्रिय खेलमा 'एक्स्पोजर' दिने उदेश्यले दुई टिम बनाएको प्रशिक्षक अब्दुल्लाहले बताएका छन् ।
प्रशिक्षक अब्दुल्लाहले दुई मैत्रीपूर्णमा नतिजा भन्दा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको बताए ।
'म खेलाडीले अन्तर्राष्ट्रिय खेलमा एक्सपोजर पाओस भन्ने चाहन्छु । यसले उनीहरूलाई अनुभव दिई भविष्यको लागि तयार गर्न मद्दत गर्नेछ,' प्रशिक्षक अब्दुल्लाहले भने, 'म नतिजाभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छु ।'
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
दुई खेलको मैत्रीपूर्ण माघ १५ र माघ १८ गरे हुनेछ । दुबै मैत्रीपूर्ण खेल ४:४५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।