काठमाडौं । स्पेनिस क्लब सेभियाले फ्रेन्च स्ट्राइकर एन्थोनी मार्सियललाई अनुबन्ध गरेको छ ।
सेभियाले मार्सियललाई म्यानचेस्टर युनाईटेडबाट लोनमा अनुबन्ध गरेको हो ।
सेभियाले मार्सियललाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
मार्सियलले सेभियामा २२ नम्बरको जर्सी लगाउने छन् ।
२६ वर्षीय स्ट्राइकर मार्सियल सन् २०१५ मा मोनाकोबाट युनाईटेड आएका थिए ।
त्यति बेला युनाईटेडले उनका लागि ३ करोड ६० लाख पाउन्ड तिरेको थियो र यसक्रममा उनी सर्वाधिक महँगा किशोर खेलाडी भएका थिए ।
युनाईटेडका लागि उनले २ सय ६८ खेल खेल्दै ७९ गोल गरेका छन् ।
मार्सियलले यस सिजन युनाईटेडका लागि सबैखाले प्रतियोगितामा १० खेल खेलेका थिए ।