काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लब माल्दिभ्सको प्रेसिडेन्ट कपको फाइनलमा पराजित भएको छ ।
आइतबार भएको फाइनलमा माजिया क्लब भ्यालेन्सियासँग अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा मार्टिन बोर्जासले गोल गरेपछि भ्यालेन्सिया च्याम्पियन बनेको हो ।
त्यसअघि खेलको तेस्रो मिनेटमा बोर्जासले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४० औं मिनेटमा कप्तान मोहमद इरुफानले गोल गर्दै माजियालाई १-१ गोलको स्थितिमा ल्याएका थिए ।
फाइनलमा किरणले पुरै समय मैदानमा बिताएका थिए ।
अब किरण मरिससविरुद्धको खेलका लागि नेपाल आउने छन् ।
नेपालले अफ्रिकी राष्ट्र मरिसससँग दुई खेलको मैत्रीपूर्ण खेल खेल्नेछ ।