काठमाडौं । ब्राजिलियन फुटबल लिजेन्ड पेलेको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनको परिवारले जनाएको छ ।
पेलेकी छोरी केली नासिमेन्टोले सामाजिक सञ्जाल इन्टाग्राममा एक पोष्ट गर्दै आफ्ना पिता पेले घरमा रहेका तथा उनी ‘सुपर स्ट्रङ्ग’ भएको बताइन् ।
उनले आफ्ना पिता कोलोन ट्यूमरबाट निको भइरहेको बताइन् ।
जबकी पछिल्लो समय सञ्चारमाध्यमहरुमा पेलेको अवस्था खराब हुदै गइरहेको समाचारहरु आएका थिए ।
सान्टोस तथा न्यूयोर्क कसमस पूर्व खेलाडी ८१ वर्षीय पेले बिहीबार नै किमोथेरापीपछि अस्पतालबाट डिस्चार्ड भएका थिए ।
गत सेप्टेम्बरमा पेलेको कोलोन ट्यूमर हटाउन सल्यक्रिया भएको थियो ।
पेलेकी छोरी केलीले आफ्ना पिता निरन्तर अस्पताल पुग्ने गरेको र यो कुरा नौलो नभएको समेत बताएकी छन् ।