काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा हार व्यहोरेको छ ।
मंगलबार भएको खेलमा पर्सिजा पेर्सिपुरा जयापुरासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
पेर्सिपुराविरुद्ध रोहित टिममा थिएनन् । चोटको कारण उनले पछिल्ला खेलहरु खेलेका छैनन् ।
पेर्सिपुराको जितमा योहानेस पहाबोल र एबहेन बोखासभिलीले एक एक गोल गरे ।
पर्सिजाका लागि माकन कोनाटेले एक गोल फर्काए ।
यस्तै पुर्नोमोले रातो कार्ड पाएपछि पर्सिजा १० खेलाडीमा समेटिएको थियो ।
यस हारसँगै पर्सिजाले १९ खेलमा २८ अंक जोडेको छ । पर्सिजा लिगको छैटौं स्थानमा रहेको छ ।
जयापुरा १७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।