काठमाडौं । टर्कीको राष्ट्रिय फुटबल टिमका डिफेन्डर अहमेट कालिकको निधन भएको छ ।
कार दुर्घटनामा परेर कालिकको २७ वर्षको उमेरमा निधन भएको हो ।
उनले आफैले चलाएको कार दुर्घटनामा परेको बताईएको छ ।
टर्कीको अन्कारामा मंगलबार बिहान भएको कार दुर्घटनामा उनको निधन भएको मिररले जनाएको छ ।
कालिकले टर्कीका लागि ८ खेल खेलेका थिए ।
कालिक टर्कीको शीर्ष डिभिजन क्लब जेन्क्लेरबिर्लिगीमा आबद्द थिए ।
कालिकले गालातासारे र कोन्यासपोरबाट समेत खेलेका थिए ।