काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
सोमबार राति एस्टन भिल्लालाई १-० गोल अन्तरले हराउँदै युनाईटेड चौंथो चरणमा पुगेको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनेले निर्णायक गोल गरे ।
खेलको आठौं मिनेटमा स्कटले निर्णायक गोल गरेका थिए ।
अब चौंथो चरणमा युनाईटेडले मिड्ल्सब्रोसँग प्रतिस्पर्धा गर्नेछ ।