काठमाडौँ। बागमती यूथ क्लब शहीद स्मारक ‘सी’ डिभिजनमा झम्सिखेल यूथ क्लबसँग बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार सम्पन्न दिनको दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
बराबरीसँगै बागमतीको ५ खेलबाट ८ अंक पुगेको छ। समान खेल खेलेको झम्सिखेलको ४ अंक रहेको छ।