काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन आज मंगलबारबाट सुरु हुँदैछ।
मंगलबार राति समूह चरणका विभिन्न आठ खेलहरु हुँदैछ।
आज राति साविक विजेता चेल्सी, बार्सिलोना, बायर्न म्युनिख, युभेन्ट्स, म्यानचेस्टर युनाईटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन्।
साविक विजेता चेल्सीले घरेलु मैदानमा जेनिथ सेन्ट पिटर्सवर्गसँग खेल्नेछ।
समूह एचमा रहेको चेल्सी र जेनिथबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ।
यसै समूहको अर्को खेलमा युभेन्ट्सले स्विडेनको माल्मोसँग खेल्नेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ।
बार्सिलोनाले घरेलु मैदानमा बायर्न म्युनिखसँग खेल्नेछ।
समूह ई मा रहेको दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ।
यसै समूहको अर्को खेलमा बेन्फिका र डेनामो किएभबीच प्रतिस्पर्धा हुनेछ।
म्यानचेस्टर युनाईटेडले स्विस क्लब योङ ब्वाइजसँग उसैको मैदानमा खेल्नेछ। समूह एफमा रहेको युनाईटेड र योङबीचको खेल राति १०:३० बजे सुरु हुनेछ।
यसै समूहको अर्को खेलमा एट्लान्टाले भिल्ला रियलसँग खेल्नेछ। दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।
यस्तै समूह जी अन्तर्गतको खेलमा सेभियाले साल्जवर्ग तथा लिलले उल्फवर्गविरुद्ध प्रतिस्पर्धा गर्नेछ।