काठमाडौं । लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे एक साथ मैदान उत्रन तयार देखिएका छन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यस साता च्याम्पियन्स लिग फुटबलको यात्रा प्रारम्भ गर्दा तीन स्टार खेलाडी एक साता मैदान उत्रने अपेक्षा गरिएको छ ।
लियोनल मेस्सी बार्सिलोनाबाट पीएसजी आएपछि तीन जना स्टार खेलाडी एक साथ देखिएका थिएनन् ।
फ्रान्सबाट प्रकाशित पत्रिकाका अनुसार प्रशिक्षक मौरिसियो पोचिटिनोले बुधबार बेल्जियनको क्लब ब्रुगीविरुद्ध तीन खेलाडी एक साथ मैदान उतार्ने सम्भावना रहेको बताएका छन् ।
फ्रान्सेली पत्रिकाका अनुसार पोचिटिनोले कस्तो संरचनामा खेलाउछन् भन्ने टुङ्गो नलगेपनि अर्जेन्टिनी, ब्राजिलियन र फ्रान्सेली स्टारलाई एक साथ मैदान देख्न पाईनेछ ।
यस महिनाको सुरुवातमा मेस्सीले फ्रेन्च वानमा रिम्सविरुद्ध डेब्यु गरेका थिए । उनले दोस्रो हाफमा नेयमारलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए ।
मेस्सीको पीएसजी आगमनसंगै फ्रान्सेली क्लबलाई च्याम्पियन्स लिगका प्रवल दाबेदारको रुपमा हेरिएको छ ।
केलियन एम्बाप्पे रियल जाने सम्भावनालाई बन्द गर्दै पीएसजीले फ्रान्सेली फरवार्डलाई समेत क्लबमै राखेको छ ।