एजेन्सी । क्यानडा टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा अमेरिकालाई १-० गोल अन्तरले पराजित गर्दै क्यानडा फाइनलमा पुगेको हो ।
क्यानडालाई जित दिलाउन जेसी फ्लेमिङले निर्णायक गोल गरिन् ।
जेसीले खेलको ७४ औं मिनेटमा पेनाल्टीबाट गोल गरेकी हुन् ।
अब क्यानडाले स्वर्ण पदकको लागि अष्ट्रेलिया र स्विडेनबीचको विजेतासँग खेल्नेछ ।