एजेन्सी । स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित हुने भएका छन् ।
पीएसजीले रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डरबारे औपचारिक रुपमा केहि बताएको छैन । तर, आरएमसी स्पोर्ट्सले रामोस र पीएसजीबीच सहमति भएको जनाएको छ ।
पीएसजीले केहि दिनमा रामोससँग औपचारिक सम्झौता गर्ने जनाईएको छ । रामोस र पीएसजीबीच दुई वर्षको सम्झौता हुने बताईएको छ ।
स्पेनिस सेन्टर ब्याक रामोसले जुनको अन्त्यसँगै रियल छाडेका थिए ।
३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष क्लबमा बिताएर रियल छाडेका थिए ।
सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।
रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् ।
रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।
रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।
फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् ।
यस्तै कोपा डेल रे दुई पटक जितेका छन् ।