एजेन्सी । इंग्लिस क्लब एभर्टनले राफायल बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
एभर्टनले बुधबार बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
लिभरपुलका पूर्व प्रशिक्षक समेत रहेका बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका छन् ।
कार्लो एन्सेलोटीले क्लब छाडेपछि एभर्टन मुख्य प्रशिक्षक विहीन रहेको थियो । एन्सोलोटी एभर्टन छाडेर स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षक नियुक्त भईसकेका छन् ।
स्पेनिस प्रशिक्षक बेनिटेजले यसै वर्ष चाईनिज सुपर लिग क्लब डालियान प्रोफेशनल एफसी छाडेका थिए । डालियानको मुख्य प्रशिक्षक बनेको १८ महिनापछि प्रशिक्षक बेनिटेजले क्लब छाडेका हुन् ।
६१ वर्षीय बेनिटेजले न्युकासल युनाईटेड छाड्दै चिनियाँ क्लब गएका थिए ।
बेनिटेजसँग रियल मड्रिड,लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया जस्ता क्लब हेरेको अनुभव रहेको छ ।