काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजे सुरु हुनेछ ।
काठमाडौं र धनगढी यस प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् ।
यस अघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्न लागेका हुन् । दुबै भेटमा काठमाडौं धनगढीसँग पराजित भएको थियो ।
खेलमा लागि धनगढी र काठमाडौंले सुरुवाती-११ सार्वजनिक गरेका छन् ।
धनगढी किरण कुमार लिम्बुको कप्तानीमा रहेका छन् । काठमाडौंको विकेश कुथुले गरेका छन् ।
धनगढी सुरुवाती ११ : किरण कुमार लिम्बु, विशाल राई, बुद्ध बल तामाङ, निशान खड्का, अशोक खड्का, दिनेश राजवंशी, फ्रान्कलिन टल्ला, पुजन उपरकोटी, निशान लिम्बु, ओलावाले आफिज, रुपेश केसी
काठमाडौं सुरुवाती-११ : विकेश कुथु, तेज तामाङ,आशिष गुरुङ, छिरिङ गुरुङ, फ्लोरेन्ट कोएरा, स्टेफेन बिनोङ, मेसौके ओलोमोउ, सुदिल राई, विश्वास श्रेष्ठ, आशिष राई, राजन गुरुङ