एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर फ्रेडलाई जातीय दुर्व्यवहार भएको छ ।
सामाजिक संजालबाट फ्रेडलाई दुर्व्यवहार भएको हो ।
सामाजिक संजाल इन्स्टाग्राममा फ्रेडलाई अपमानजनक सन्देशहरु आएको बताईएको छ ।
प्रिमियर लिगमा बिहीबार राति लिभरपुलसँग पराजित भएपछि उनलाई अपमानजनक सन्देश आएको बताईएको छ ।
२८ वर्षीय ब्राजिलियन फ्रेडले आफुलाई प्राप्त अपमानजनक सन्देशहरु अस्वीकार्य भएको बताएका छन् ।
पछिल्लो समय प्रिमियर लिगका खेलाडीमाथि दुर्व्यवहारको घटना बढीरहेको छ ।
दुई साता अघि विरोध स्वरूप खेलाडीहरुले ४ दिन सामाजिक संजाल बहिस्कार गरेका थिए ।