काठमाडौं । धनगढी एफसीका मुख्य प्रशिक्षक तोपे फुजाले चोटको कारण खेलाडीले खेल्न नसक्दा बुटवल लुम्बिनी एफसीसँग पराजित भएको बताएका छन् ।
पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार धनगढी बुटवलसँग १-० ले पराजित भएको थियो ।
खेलपछि नाइजेरियन प्रशिक्षक फुजाले हारको कारण खेलाडीको चोट भएको बताए ।
'हामी प्ले अफमा छनोट भएपनि खेलाडीलाई मन लगाएर खेल्न भनेका थियौं,' उनले भने, 'खेलाडी चोट भएकाले पनि हामीले राम्रो खेल्न सकेनौं ।'
धनगढी प्ले अफमा पुग्ने पहिलो टिम हो ।
हारपछि पनि शीर्ष स्थानमा रहेको धनगढीले ६ खेलमा १० अंक जोडेको छ ।