एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
सोमबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मिलान स्क्रीनियरले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा उनले निर्णायक गोल गरेका थिए ।
यस जितसँगै इन्टरले उपाधि होड बलियो बनाएको छ ।
यस्तै इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ ।
इन्टरले २६ खेलमा ६२ अंक जोडेको छ ।
मिलानको २६ खेलमा ५६ अंक रहेको छ ।
पाँचौं स्थानमा रहेको एट्लान्टाको २६ खेलमा ४९ अंक रहेको छ ।