काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले पहिलो हार व्यहोरेको छ ।
सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २-१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे ।
सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काए ।
खेलको २९ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता बनाएको थियो ।
खेलको ५० औं मिनेटमा माल्डिनाले गोल गर्दै सातदोबाटोलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा सन्नीले गोल गर्दै मध्यपुरलाई २-१ को जित दिलाए ।
मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
सातदोबाटो दुई खेल अगाबै 'ए' डिभिजनमा बढुवा समेत भईसकेको छ ।
मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।