काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीकी पूर्व कप्तान निरु थापालाई सम्मान गरेको छ ।
एन्फाले सोमबार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाली फुटबलमा पुर्याएको योगदानको कदर गर्दै पूर्व कप्तान निरुलाई सम्मान गरेको हो ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महिला कमिटी संयोजक पेमा लामा, राखेप बोर्ड सदस्य तथा पूर्व महिला मुख्य प्रशिक्षक हरि खड्काले नेपाल पुलिस क्लबकी स्ट्राइकर समेत रहेकी निरुलाई कदरपत्रले सम्मान गरेका थिए ।
गत वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली प्रतियोगितासँगै निरुले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेकी थिइन् । क्लब फुटबल भने उनले निरन्तर खेलिरहेकी छिन् ।
राष्ट्रिय महिला लिगमा उनले नेपाल पुलिस क्लबबाट खेलेकी थिईन् ।
एन्फाले मार्च ८ अर्थात् अन्तराष्ट्रिय महिला दिवसको दिन ‘एएफसी वुमेन्स डे' मनाउँदै आएको छ ।
कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङले लामो समयसम्म महिला विकासका लागि योजना बनाएको बताए ।
एन्फा महिला सदस्य पूर्व तथा बर्तमान खेलाडी र रेफ्रीहरुले मैत्रीपूर्ण खेल खेलेका थिए ।