काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र मध्यपुर युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटो र मध्यपुरबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
दुई खेल अगाबै 'ए' डिभिजनमा बढुवा भईसकेको सातदोबाटो सहज जितको खोजीमा रहेको छ ।
सातदोबाटो जित निकाल्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ ।
सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ ।
मध्यपुरले ९ खेलमा १० अंक जोडेको छ । मध्यपुर आठौं स्थानमा रहेको छ ।
अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटीले पुल्चोक स्पोर्ट्स क्लबसँग खेल्नेछ ।
आरसिटी र पुल्चोकबीचको खेलदिउँसो ३:३० बजे सुरु हुनेछ ।
आरसिटी १३ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।
पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।