एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ बेलले दुई दुई गोल गरे ।
क्रिस्टलका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए ।
खेलको २५ औं मिनेटमा बेलको गोलबाट टोटेनहमले अग्रता बनाएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा बेन्टेकेले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, ४९ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए ।
खेलको ५९ औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहम ४-१ ले विजयी भयो ।
जितसँगै टोटेनहमले २७ खेलमा ४५ अंक जोडेको छ ।
टोटेनहम लिगको छैटौं स्थानमा रहेको छ ।
क्रिस्टल ३४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।