काठमाडौं । एन्फा प्रेसिडेन्ट लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालगंजमा आयोजना हुने प्रेसिडेन्ट लिग चैत २ गतेबाट सुरु हुँदैछ ।
लिगको उद्घाटनमा रौतहटको मनकामना युवा क्लब र कैलालीको स्टार सिटी युवा क्लब भिड्ने छन् ।
लिगमा ७ प्रदेश लिगको विजेताले खेल्नेछन् ।
यस लिगको शीर्ष चारमा रहने टिमले राष्ट्रिय लिग खेल्नेछ ।
राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्ट कपका उत्कृष्ट चार गरी १० क्लबले प्रतिस्पर्धा गर्ने छन् ।