एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिड र एट्लेटिक मड्रिडबीचको डर्बी भिडन्त बराबरीमा सकिएको छ ।
आइतबार राति भएको मड्रिड डर्बी भिडन्त १-१ गोलको बराबरीमा सकिएको हो ।
एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा सुरुवाती अग्रता पनि घरेलु टोलीले बनाएको थियो ।
खेलको १५ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई हारबाट जोगाए ।
यस बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोले २५ खेलमा ५९ अंक जोडेको छ ।
रियल २६ खेलमा ५४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।