एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै पीएसजी यस सिजन पहिलो पटक लिग वानको शीर्ष स्थानमा उक्लिएको हो ।
डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल पीएसजीलाई तीन अंक दिलाउन पर्याप्त रह्यो ।
मौरिसियो पोचिटिनो नेतृत्वको पीएसजीले पछिल्ला ७ खेलमा अपराजित यात्रालाई कायमै राखेको छ ।
खेलमा प्रशिक्षक पोचिटिनो भने उपस्थित थिएनन् । कोरोनाबाट संक्रमित बनेपछि उनी एकान्तवासमा रहेका छन् ।
पीएसजीले दोस्रो स्थानको लियोनसंग २ अंकको अग्रता लिएको छ । यद्धपी लियोनले एक खेल कम खेलेको छ ।
पीएसजीको २० खेलबाट ४२ अक छ । लियोनको ४० अंक छ । एन्जर्स ३० अंक सहित सातौं स्थानमा छ ।