एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहम एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
आइतबार राति भएको तेस्रो चरणको खेलमा मारिन एएफसीलाई ५-० ले हराउँदै टोटेनहम चौंथो चरणमा पुगेको हो ।
टोटेनहमको जितमा कार्लोस भिनिसियसले ह्याट्रिक पुरा गरे । यस्तै लुकास मौरा र अल्फी डिभाइनले एक एक गोल थपे ।
मारिनविरुद्ध २४ औं मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
खेलको ३० औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
खेलको ३२ औं मिनेटमा लुकासले गोल गर्दा टोटेनहम ३-० ले अघि रह्यो ।
खेलको ३७ औं मिनेटमा भिनिसियसले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६० औं मिनेटमा अल्फीले गोल गर्दै टोटेनहमलाई ५-० को जित दिलाए ।
अर्को खेलमा ब्राइटनले न्युपोर्ट काउन्टीलाई पेनाल्टीमा ४-३ गोल अन्तरले हराएको छ ।