एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा इन्टर रोमासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
रोमाको मैदानमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो ।
लोरेन्जो पेल्लिग्रिनीले १७ औं मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए ।
खेलको ५६ औं मिनेटमा मिलानले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ६३ औं मिनेटमा हाकिमी आच्रफले गोल गर्दै इन्टरलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८६ औं मिनेटमा रोमाका जियानलुका मानसिनिले गोल गरेपछि खेल २-२ गोलको बराबरी सकिएको थियो ।
बराबरीसँगै इन्टरले १७ खेलमा ३७ अंक जोडेको छ । इन्टर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
रोमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।