एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले आरबी लाइपजिगलाई ३-१ ले हराएको हो ।
युवा फरवार्ड अर्लिङले दुई गोल गरेपछि डर्टमण्डले लाइपजिगलाई उसैको मैदानमा हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए ।
खेलको ७१ औं मिनेटमा हालाण्डले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
खेलको ८४ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दा डर्टमण्ड ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ९० औं मिनेटमा लाइपजिगका एलेक्जेन्डरले एक गोल फर्काएपनि डर्टमण्ड ३-१ ले विजयी भयो ।
जितसँगै डर्टमण्डले १५ खेलमा २८ अंक जोडेको छ । डर्टमण्ड चौंथो स्थानमा रहेको छ ।
लाइपजिग ३१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।