एजेन्सी । साविक विजेता आर्सनलले एफए कप फुटबलको चौंथो चरणमा स्थान बनाएका छन् ।
शनिबार राति भएको खेलमा न्युकासललाई अतिरिक्त समयमा २-० ले पराजित गर्दै आर्सनलले अर्को चरणको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन इमिल स्मिथ र पिएरे एम्रिक औबामियाङले एक एक गोल गरे ।
तर, न्युकासलविरुद्ध जित निकाल्न आर्सनलले अतिरिक्त समयसम्म कुर्नु परेको थियो ।
खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको नवौं मिनेटमा स्मिथले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
त्यसपछि अतिरिक्त समयको १७ औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।