एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा लिग लिडर एसी मिलानले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले टोरिनोलाई २-० ले पराजित गरेको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन राफेल लियो र फ्रान्क केस्सीले एक एक गोल गरे ।
खेलको २५ औं मिनेटमा लियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३६ औं मिनेटमा फ्रान्कले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
जितसँगै मिलानले १७ कलम ४० अंक जोडेको छ ।
मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
टोरिनो १२ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
सिरी ए अन्तर्गत नै अर्को खेलमा एटलान्टाले बेनेभेन्टोलाई ४-१ ले हराएको छ ।
जिओनाले बोलोग्नालाई २-० ले हराएको छ ।