चितवन । टाइगर युथ क्लब र देबचुली स्कुलले चितवनको नारायणीमा सुरु सेभेन 'ए' साइट फुटबलमा विजयी सुरुवात गरेका छन् ।
नारायणी नदि किनारमा शनिबार भएको खेलमा टाइगरले पिपलटार एफसीलाई टाइब्रेकरमा २-१ ले पराजित गर्यो ।
देबचुलीले नारायणी मोटर युनियन 'बी' लाई २-१ ले नै पराजित गर्यो ।
अर्को खेलमा हानामी एभरेस्टले मंगलपुर एफसीलाई ४-० ले हराएको छ ।
त्यस्तै भेडाबारीले नारायणी मोटर युनियन 'ए' लाई टाइब्रेकरमा २-१ ले पराजित गरेको छ ।
नारायणी एकता क्लबको आयोजनामा जारी प्रतियोगिता माघ २ सम्म चल्नेछ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ४० हजार प्राप्त गर्दा उपविजेताले २० हजार पाउने छन् ।