एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले रियल सोसिडाडलाई पराजित गरेको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले सोसिडाडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
युसुफ एन नेसिरीले ह्याट्रिक गरेपछि सेभियाले महत्वपूर्ण जित निकालेको हो ।
खेलको चौंथो मिनेटमा युसुफले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर, पाँचौं मिनेटमा सेभियाका डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।
खेलको सातौं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए ।
खेलको १४ औं मिनेटमा सोसिडाडका एलेक्जेन्डर इसाकले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।
तर, खेलको ४६ औं मिनेटमा युसुफले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै सेभियालाई ३-२ को जित दिलाए ।
जितसँगै सेभियाले १६ खेलमा ३० अंक जोडेको छ । सेभिया छैटौं स्थानमा रहेको छ ।
सोसिडाड ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।