एजेन्सी । पोर्चुगलको तेस्रो डिभिजन लिग अन्तर्गतको खेल दौरान मैदानमा बेहोस भएका फुटबलर एलेक्स अपोलिनारियोको निधन भएको छ ।
एफसी अल्भेर्काबाट खेल्दै आएका अट्याकिङ मिडफिल्डर एलेक्सको बिहीबार २४ वर्षको उमेरमा भएको हो ।
अल्भेर्काले बिहीबार युवा खेलाडीको निधन भएको पुष्टि गरेको छ ।
ब्राजिलियन खेलाडी एलेक्स युनिया अल्मिरिमविरुद्धको खेल दौरान मैदानमा बेहोस भएका थिए ।
मैदानमा बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । तर,अस्पतालले उनलाई चार दिनपछि मृत घोषित गरेको थियो ।
एलेक्सलाई कार्डिक अरेस्ट भएको बताईएको छ ।