एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ ।
बुधबार राति भएको खेलमा इन्टर साम्पडोरियासँग २-१ ले पराजित भएको हो ।
साम्पडोरियाको मैदानमा खेलको १२ औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमा गोल गर्न नसक्दा इन्टर अग्रता बनाउन चुकेको थियो ।
सान्चेजको प्रहार साम्पडोरियाका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
तर, खेलको २३ औं मिनेटमा एन्टोनियो कान्द्रेभाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
खेलको ३८ औं मिनेटमा किटा ब्लेडले गोल गर्दा घरेलु टोलीको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ६५ औं मिनेटमा स्टेफानले एक गोल फर्काएपनि इन्टर २-१ ले पराजित भयो ।
साम्पडोरियासँग पराजित भएसँगै इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
दोस्रो स्थानको इन्टरले १६ खेलमा ३६ अंक जोडेको छ ।
साम्पडोरिया २० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।