काठमाडौं । हेटौडा गोल्डकप फुटबल माघ २२ गतेबाट सुरु हुने भएको छ ।
आयोजक एफसी विजय युथ क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २२ देखि फागुन १ गतेसम्म संचालन हुने जनाएको छ ।
मकवानपुरको वन विज्ञान खेल मैदानमा आयोजना हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा आयोजक एफसी विजय युथ क्लब सहित, मकवानपुर-११, विरगंज युनाईटेड, बाग्मती युथ क्लब सर्लाही, हर्दी युवा समाज चितवन, वीरगंज युथ एकेडेमी, एफसी रियाले काठमाडौं, सर्लाही जिल्ला फुटबल संघ, सिन्धुली दुधौली स्पोर्टस क्लब र सेन्ट्रल कलेज बीएफसी चितवनको सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।