एजेन्सी । अमेरिकाकी फरवार्ड एलेक्स मोर्गनलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
मोर्गनले सामाजिक संजालबाट आफु र आफ्नो परिवारलाई कोरोना भाईरसको संक्रमण देखिएको बताएकी छिन् ।
क्यालीफोर्नियामा विदा मनाउन जादा मोर्गनसहित परिवारलाई कोरोना देखिएको हो ।
विश्वकप विजेता मोर्गनले कोरोना संक्रमणपछि आफुहरु ठिक हुने क्रममा रहेकी समेत बताएकी छिन् ।
उनले आफु चाडै टिमको प्रशिक्षणमा फर्कने विश्वास समेत व्यक्त गरेकी छिन् ।
३१ वर्षीय फरवार्डले अमेरिकाको लागि २ महिला विश्वकप जितेकी छिन् ।