एजेन्सी । टोटेनहम काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा मंगलबार राति च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटेनहम फाइनल पुगेको हो ।
टोटेनहमको जितमा मौसा सिसोको र ह्युङ मिन सनले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा मौसाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७० औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।
यस्तै खेलको ८४ औं मिनेटमा जोसुवाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो ।
अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडबीचको विजेतासँग खेल्नेछ ।
दुई म्यानचेस्टरबीचको भिडन्त बुधबार राति हुनेछ ।