एजेन्सी । साउथह्याम्पटनका गोलकिपर एलेक्स म्याकर्थीले लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन् ।
कोरोना भाईरसको संक्रमण देखिएपछि एलेक्सले लिभरपुलसँगको खेल गुमाउने भएका हुन् ।
कोरोना देखिएपछि ३१ वर्षीय गोलकिपर घरमा सेल्फ आईसोलेसनमा बसेका छन् ।
साउथह्याम्पटनले आज राति लिभरपुलसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
यस्तै गोलकिपर एलेक्सले एफए कप अन्तर्गत तेस्रो चरणको खेल समेत गुमाउने भएका छन् ।
एलेक्सले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका थिए ।
पछिल्लो १६ लिग खेलमा उनले ७ क्लिन सिट प्राप्त गरेका थिए ।