एजेन्सी । अर्जेन्टाईन प्रशिक्षक मौरिसियो पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
पीएसजीले शनिबार पोचेटिनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
पीएसजीले सन् २०२२ को जुन ३० सम्मका लागि पोचेटिनोलाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
यस्तै पीएसजीले सम्झौता थप गर्नका लागि पोचेटिनोलाई विकल्प समेत दिएको छ ।
मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
पीएसजीले बुधबार टुचेललाई बर्खास्त गरेको हो ।
पोचेटिनो गत सिजन इंग्लिस क्लब टोटेनहमबाट बर्खास्तमा परेका थिए ।
टोटेनहमले पोचेटिनोलाई सन् २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो । पोचेटिनोलाई बर्खास्त गरेर टोटेनहमले जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक चयन गरेको थियो ।
पोचेटिनोले पीएसजीबाट सन् २००१ देखि ३ सम्म खेलेका थिए ।
पीएसजी यस सिजनको लिग वानमा तेस्रो स्थानमा रहेको छ ।