एजेन्सी । बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो तीन महिना मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटको सफल सल्यक्रिया गरेका कौटिन्हो तीन महिना मैदान बाहिर रहने भएका हुन् ।
बार्सिलोनाले कौटिन्होको सफल सल्यक्रियाको पुष्टि गर्दै आफ्ना खेलाडी लामो समय मैदान बाहिर रहने जनाएको छ ।
कौटिन्होले बायाँ खुट्टाको घुँडाको सल्यक्रिया गरेका छन् ।
गत मंगलबार ईबरविरुद्धको १–१ को बराबरीको खेलमा कौटिन्हो दोस्रो हाफमा मैदान छाडेका थिए ।
करिब तीन वर्ष अघि बार्सिलोना आएका कौटिन्हो स्पेनिस क्लबमा प्रभाव छाड्न असफल छन् । उनी गत सिजन लोनमा बायर्न म्युनिख गएका थिए । जहाँ उनले च्याम्पियन्स लिगको उपाधि समेत जिते ।
बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबको कमान्ड सम्हालेपछि कौटिन्होलाई दोस्रो पटक अवसर दिएका छन् । तर कौटिन्हो पाँच वर्ष अघि एनफिल्ड क्लबमा दिएको प्रर्दशनलाई स्पेनिस क्लबमा दोहो¥याउन सकेका छैनन् ।
कोम्यानले कौटिन्होलाई १४ पटक अवसर दिएका छन् । जसमा उनले मात्र एक खेलमा मात्र ९० मिनेट पुरा खेलेका छन् । उनी पछिल्लो समय अन्य क्लबसंग जोडिएका छन् । बार्सिलोना कौटिन्होलाई बेच्दै पैसा जम्मा गर्ने योजनामा छ ।
कौटिन्होको क्लबसंगको सम्झौता सन् २०२३ सम्म रहेको छ । तर बार्सिलोना सय खेल पुरा गरेको अवस्थामा लिभरपुललाई तिर्नुपर्ने रकमका विषयमा जानकार छ ।
नयाँ सिजन बार्सिलोना निकै खराब लयबाट गुज्रिरहेको छ । उसले नयाँ वर्षसम्म छैटौ स्थानमा रहेर ला लिगामा संघर्ष गरिरहेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ७ अंकले पछि छ । यद्धपी बार्सिलोना भन्दा एट्लेटिकोले २ खेल कम खेलेको छ ।