एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) राति रियल मड्रिडले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।
साविक विजेता रियलले घरेलु मैदानमा सेल्टासँग खेल्नेछ । रियल र सेल्टाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।
लिगको दोस्रो स्थानमा रहेको रियलले ३३ अंक जोडेको छ ।
घरेलु मैदानमा सेल्टालाई पराजित गरेमा रियलले एट्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थान हात पार्नेछ ।
एट्लेटिको ३५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
सेल्टा पनि रियललाई पराजित गरेर अंक तालिका सुधार गर्न चाहन्छ ।
सेल्टा २३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा सेभियाले रियल बेटिससँग खेल्नेछ ।
त्यस्तै भिल्ला रियलले लेभान्टेसँग खेल्दा गेटाफेले रियल भालाडोलिटसँग खेल्नेछ ।