एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) टोटेनहमले लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
टोटेनहमले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ । टोटेनहम र लिड्सबीचको खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा टोटेनहम जित निकाल्दै नयाँ वर्षको सुखद सुरुवात गर्न चाहन्छ ।
यस्तै टोटेनहम जित निकाल्दै लिगको शीर्ष पाँचमा उक्लन चाहन्छ ।
टोटेनहम २६ अंक जोडेर सातौं स्थानमा रहेको छ । लिड्सलाई हराउँन सकेमा टोटेनहम शीर्ष पाँचमा उक्लने छ ।
लिड्स पनि टोटेनहमलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
लिड्स २३ अंक जोडेर तालिकाको ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै आर्सनलले वेस्ट ब्रुमसँग खेल्नेछ ।
आर्सनलले उसैको मैदानमा वेस्ट ब्रुमसँग खेल्नेछ ।
२० अंक जोडेर आर्सनल १३ औं स्थानमा रहेको छ ।
वेस्ट ब्रुम ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
अन्य खेलमा क्रिस्टल प्यालेसले सेफिल्डसँग खेल्दा उल्भ्सले ब्राइटनसँग खेल्नेछ ।