एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले सन् २०२० मा ३२.५ मिलियन पाउण्ड नाफा कमाएको छ ।
चेल्सीले सार्वजनिक गरेको वित्तीय विवरणमा ३२.५ मिलियन पाउण्ड नाफा देखिएको हो ।
कोरोना भाईरसको महामारीको बाबजुत चेल्सीले गत वर्ष नाफा कमाएको हो ।
च्याम्पियन्स लिगमा छनोट र खेलाडी बिक्रिबाट चेल्सीले नाफा कमाएको बताईएको छ ।
तर, कोरोनाको कारण ब्रोडकाष्टिङ र म्याच डेबाट आउने आम्दानी भने घटेको चेल्सीले जनाएको छ ।
यद्दपी चेल्सीले काइ हाभर्ट्ज, टिमो वेर्नेर, बेन चिलवेल र एडुवार्ड मेन्डी अनुबन्धको रकमको भने वित्तीय विवरणमा जोडेको छैन ।