एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले एभर्टनलाई हराएको छ ।
शुक्रबार वेस्ट ह्यामले घरेलु टोली एभर्टनविरुद्ध १–० को जित निकालेको हो ।
प्रशिक्षक डेभिड मोयसले एभर्टन छाडेपछि पहिलो पटक पूर्व क्लबविरुद्ध जित निकालेका हुन् ।
खेल सकिन ४ मिनेट अघि टोमस सुसेकले वेस्ट ह्यामका लागि विजयी गोल गरेका थिए ।
मोयसले ११ वर्ष एभर्टनको प्रशिक्षकको रुपमा बिताएका थिए । उनले सन् २०१३ मा क्लब छाडेका थिए ।
'पुरानो क्लब फर्कनु सधै विशेष हुने गर्छ । मोयसले भने, मैले यसअघि ४ खेल एभर्टनसंग हारेको थिए ।' उनले भने ।
'मैले निकै उत्कृष्ट वर्ष यहाँ बिताए । तर म यो वेस्ट ह्यामबाट फेरी गर्न चाहन्छु । यसको अर्थ अन्य क्लबविरुद्ध समेत यस्तै जित निकाल्न चाहन्छु ।' उनले थपे ।
एभर्टनले पछिल्ला ४ खेलमा लगातार जित निकालेको थियो । पराजित बनेसंगै एभर्टनले तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।
वेस्ट ह्याम २६ अंक सहित तालिकाको दशौं स्थानमा छ । एभर्टन २९ अंक सहित चौथो स्थानमा यथावत छ ।