काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले एस्टन भिल्लालाई पराजित गरेको छ ।
शुक्रबार घरेलु मैदानमा युनाईटेडले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडको जितमा एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरे । पाहुना टोलीका बट्र्रेन्ड ट्रेयरले एक गोल फर्काएका थिए ।
जित सहित युनाईटेडले शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गरेको छ ।
फर्नान्डेजले यस सिजन ११ गोल गरेका छन् । जसमा ५ गोल पेनाल्टीमा भएको छ । फर्नान्डेजको पेनाल्टी गोलमा युनाईटेडले खेल नियन्त्रणमा लिएको थियो ।
पाउल पोग्बालाई ड्युगलस लुईजले डि–बक्सभित्र लडाँएपछि युनाईटेडले पेनाल्टीको अवसर पाएको थियो । जसमा फर्नान्डेज चुकेनन् ।
युनाईटेडले पछिल्ला १० मध्य ८ खेलमा जित निकालेको छ ।
खेलमा अग्रता मार्टियलले हेड गोल मार्फत दिलाएका थिए । विन विसाकाको क्रसमा मार्टियलले युनाईटेडलाई सुरुवाती अग्रता दिलाए ।
दोस्रो हाफमा ट्रेयरले पाहुना टोलीका लागि बराबरी गोल फर्काए । डिबक्सभित्र प्राप्त बललाई ट्रेयरले गोलमा परिणत गरेका थिए ।
शीर्ष स्थानका दुई क्लब लिभरपुल र युनाईटेडको समान ३३ अंक भएको छ । एस्टन भिल्ला २६ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।